विचार/ब्लग

धनसम्पति कमाउनु मात्र ठुलो होईन, मन हुनुपर्छ

दिपीका खड्का/ अहिलेको युग विज्ञान तथा प्रविधीको युग हो शक्तिशाली देशका वैज्ञानिकहरु चन्द्रमा, मंगल ग्रह पुगेर आईसकेका छन् तर आहिलेको एक्काईसौं शताब्दीमा आईपुग्दा पनि आर्थिक नेपालको उन्नती हुन सकेको छैन । किनभने नेपालमा राम्रो नीति नियमहरु रहेको छैन भने भएका नियमहरु लागू भए पनि कसैले पनि पालना गरेका छैनन् वा कार्यान्वयनमा चुनौती छ । धनी मुलुकहरु झन् झन् धनी हुदै छन्, तर हाम्रो देश नेपाल झन् गरिव हुंदैछ । आज छिमेकी मुलुहरु धनाढ्य भए उनीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले गरिब मुलुकहरुलाई शोषण गर्दै छन् । गरिबी उल्मुलन हुन सकेको छैन किनभने साम्राज्यबादी, बिस्तारबादी, अवशरबादी देशहरुले गरिब मुलुकलाई कब्जामा राख्न नयाँ नयाँ तरिका अपनाएका छन् । कहिले बिओपी त कहिले एमसीसी जस्ता आयोजनाहरुबाट देशलाई लोभ देखाएर आफ्नो रणनीति लागू गर्ने रणनीति शक्तीसाली मुलुकले तय गरेकोउदाहरण छन् । नेपालका राजनीतिक दलका नेताहरु पनि आफ्ना देशका जनताका अगाडी ठुला ठुला भाषण गरे पनि अर्काका देश अगाडी केहि पनि बोल्न सक्दैनन् । किनभने उनीहरु ठुला ठुला नेताहरुलाई आफ्नो पदको मोह छ । धन सम्पतिको मोह छ देश र जनताको माया छैन । मेरो मान्छे र तेरा मान्छे भन्ने भावना छ । आपसमा मिल्नुको साटो खुट्टा ताना तानको प्रबृति छ । चुनाबमा मात्रै नेताहरुले जनतालाई सम्झन्छन् । भोट माग्ने बेलामा घर घर जिते पछि यस्तो गर्दिन्छु भन्दै मोह देखाएर माग्दै हिड्छन् र पदमा पुगे पछि ति सबै कुरालाई बिर्सिन्छन् ।
प्रजातन्त्र आएको ३० बर्ष भईसकेको छ तर पनि अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार र हिंशामा कमि आएको छैन । राज्यका मुख्यअङ्ग कार्यपालिका, न्यायपालिका, ब्यबस्थापिका अझै स्वतन्त्र रुपमा काम गर्न नसकेको देखिन्छ । आजभोली राजनीति सबैभन्दा धेरै धन कमाउने साधन बनेको छ । एक्काईसांै शताब्दीमा आईपुग्दा पनि हाम्रा अधारभुत आवश्यकताहरु पुरा हुन सकेका छैनन् । कोहि भन्दा केहि कम छैन भन्ने भावना रहेको छ । कसरी हुन्छ सम्पती कमाउने भन्ने मोहमा फसेका छन् । एकआपसमा लडाई झगडा गरेर एकअर्काको दुश्मन बनेर बसेका छन् । धनसम्पति कमाउनु मात्र ठुलो होईन । त्यसैले आफुलाई खान लगाउन पुग्न सक्ने मात्र धन सञ्चय गर्नुपर्छ भन्ने भावना एकदमै कम मानिसमा मात्र देखिन्छ । तर उनीहरु आउँदो पुस्ताको लागि पनि आफैँ धन सञ्चय गर्न मरिहत्ते गर्दछन्, कतिपय अरबौं रकम संकलन गर्दा पनि नपुगेर पैसा थप्नका लागि जतिसुकै ठुलो अपराध गर्न पनि पछि हट्दैनन् । त्यस्तो राम्रो होईन।

प्रदेश, स्थानीय तह र संघ चलाउनेहरु त देश आर्थिक उन्नती, देशलाई कसरी अगाडी बढाउने भन्ने सोच लिएर जनताले जिताएर बनाएको प्रतिनिधी हुन्। जनतालाई विश्वास रहेको हुन्छ तर त्यही विश्वास नै प्रतिनिधीहरुले बिजेता भए पछि तोड्दछन् । उनीहरु निर्बाचित भएपछि धन सम्पति कमाउन भ्रष्टाचार गर्ने, नाताबादकृपाबादमा चुर्लुममै डुब्नेलगायतका लालचमा फसेका छन् । त्यसरी देशको बिकास कसरी हुन्छ रु देशमा रोजगार छैन । दनिक १५ सय हाराहारीमा नेपाली नागरिक बिदेश पलायन हुने गर्दछन् । आफ्नै देशको जनशक्तिहरु बिदेश पलायन भएपछी काँहाबाट देशको आर्थिक उन्नती हुन्छ र रु आफ्नो देशको जनशक्ति त आफ्नै देशमा खटाउनु पर्दछ आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्नु पर्दछ ।
आजभोली राजनीति पनि धन कमाउने साधन बनेको प्रमाणित भईसकेको छ । भ्रष्टाचार, हत्या–हिसां, बलात्कार जस्ता जघन्य अपराध दिनानुदिन बढ्दै गईरहेका छन् । यस्ता ब्यक्तीहरुलाई कडा भन्दा कडा सजायको ब्यबस्था गर्नुपर्दछ । पृथ्वीनारायण शाह, बलभद्र कुँवर्र, अमरसिँह थापा जस्ता वीरहरुले यो देशलाइ दुस्मनहरुबाट जोगाएको देशको दुर्गती भएको छ । उनीहरु, हाम्रा वीर सपूथतहरु स्वाभिमानी र राष्ट्रभक्त थिए । उनीहरुलाई देशको माया थियो । पृथ्विनारायण शाहले नेपालको एकीकरण गरेर पुर्ब टिष्टा देखि पश्चिम काँगडासम्म नेपालको झण्डा फहराएर नेपालको गौरव विश्वमा फैलाए ।
राष्ट्रभक्त नेपाली पछाडि परेका छन्, चाकरी गर्ने, गुण्डागर्दी गर्ने, आफ्ना मान्छे उपल्लोपदमा भएका, प्रशस्त पैसा हुनेमात्र अगाडी छन् । जिम्मेवार व्यक्तीहरु देशलाई कसरी उन्नतीको बाटोमा लैजाने भन्दा पनि कसरी धेरै सम्पति कमाउने, ठूलो पदमा रमाउने भन्ने बिचारमा रहेका छन् । घुस लेनदेन जस्ता अपराधहरु गरिरहेका छन् । मानिसहरुमा मानवताको भावना नै हराईसकेको छ । त्यसैले देश भक्तिमा भन्दा पनि जिम्मेवारहरु जति मानिसहरु देश र जनता लुट्नमा बढि ब्यस्त देखिन्छन् ।
पछिल्लो समय कोरोनाको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गएको कारण देशमा झन् ठुलो आर्थिक समस्या परेको छ । नेपालीहरु ४ ५ हजारकार दरले दिनप्रतिदिन सङ्क्रमित हुदैँ गई रहेका छन् । यो कोरोना भाईरसले गर्दा आर्थिक स्तरमा झन् ठुलो धक्का पुगेको छ । मानिसहरु प्रत्येक दिन मृत्युको शिकार बन्न पुगेको छन् । यसले नेपाललाई मात्र होईन पुरै बिश्वलाई नै त्रसित बनाएको छ । यसले विश्वको पुरै अर्थतन्त्र लाई नै लथालिङ्ग बनाएको छ । मुलुकैभरी दैनिकजसो मृत्यु हुने र संक्रमितको संख्या झनै बढ्दै गएको छ भने कयौं मुलुकले कोरोना संक्रमणको स्थीति हेरी स्थानीय स्तरमा विषेश लकडाउन जारी गरेका छन् । महामारी फैलिएको आठ महिना भइसक्दा पनि यो दलदलबाट विश्व उम्कनुको साटो झनै फस्दै गएको छ । यसले शैक्षिक, आर्थिक, राजनैतिक लगायत बिभिन्न क्षेत्रलाई असर पारेको छ ।
हाम्रो देश नेपालमा आम्दानीको स्रोतहरु धेरै मात्रामा छन् तर हामीले ती स्रोत र साधनको उचित प्रयोग सकेका छैनौँ । पर्यटकीय स्थलहरु धेरै मात्रामा रहेको छ यसबाट पनि हामीले धेरै आम्दानी लिन सक्दछांै । हामी हाम्रो देशमा उत्पादन भएको जडिबु्टी बेचेर त्यही जडिबुटिको महँगो पर्ने औषधि किनेर ल्याउँछौ । त्यसै कारण नेपालले बिकासको मोड लिन सक्दैन । नेपालमा निर्यात भन्दा पनि आयात धेरै हुने गर्दछ । नेपाल एउटा कृषि प्रधान देश भएर पनि चामल, मकै, पीठो लगायत खाद्यान्न बस्तुहरु भारतलगायतका मुलुकबाट आयात हुने गर्दछ । प्रायः सबै सामान अन्यत्र देशबाट नै आयात हुने गर्दछ हरेक सामानको लागि अन्य देशमा नै निर्भर हुनु पर्दछ । नेपाल आफैँमा आत्मनिर्भर रहेको छैन । नेपालमा भारतले नाकाबन्दी गर्दै आएको समयमा हामीले भोगेको जीवन थाहा नै छ । तर अब आउँदो समयमा नेपालमा भारतले धेरै दिन नाकाबन्दी गर्यो भने नेपालीहरु भोकभाकै मर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसै कारण आफैँमा आत्मर्निभर हुन सिक्नु पर्दछ ।
देशको आर्थीक उन्नतीको लााग आफ्नो देशको जनशक्ति आफ्नै देशमा खटाउनु पर्दछ । आफ्नै देशको स्रोत साधनहरुको उपयोग गर्नु पर्दछ । एक आपसमा सद्भावना कायम राख्नु पर्दछ । भ्रष्टाचार, घुस लेनदेन, अन्याय, अत्याचार जस्ता कुराहरुले गर्दा देशको उन्नती हुन सक्दैन त्यसैले यस्ता कुराहरुलाई टाढा नै राख्ने पर्दछ । बिकसित राष्ट्रहरु जस्तैः अमेरिका, बेलायत अष्टे«लीया लगायत देशहरु आज काहाँ पुगिसकेका छन् तर हाम्रो देश नेपाल जहाँको नै छ, कुनै कालमा अन्य मुलुकबाट नेपालले भत्ता खान्थ्यो भन्ने इतिहास भएको छ । सरकार फेरिएपनि भाबना र दृष्टिकोण फेरिएको छैन खेतिपाति गर्ने चलन पुरानै छ, कृषि प्रधान देशमा आधुनिक औजारको प्रयोग हुन सकेको छैन मल, बीउको ब्यबस्था हुन सकेको छैन कृषि उत्पादनमा कमिहुदै गएको छ, कृषियोग्य जमिनमा बसोबासबढेका कारण उत्पादन घटेको छ, गाँउमा पनि मानिसहरुको बसोबास बढिरहेको छ । पुर्खाको मेहेनतलाई यत्तिकै खेर जान दिनु हुदैन । भाबनालाई परिवर्तन गरि सङ्कल्प गरेर नेपालकै धन र श्रमको उचित सदुपयोग गरेमा बिकशीत राष्ट्रको दाँजोमा पुग्न सकिन्छ । राज्यको नीति–नियम सबैले पालन गर्नुपर्छ । सरकार फेरिएर मात्र देश बन्दैन शासकको संस्कार र भावना परिवर्तन हुनुपर्छ रुढिबादी, कुप्रथा र हिंसा हटाउनु, विकासतिर मुलुकको बल प्रयोग गर्नु जरुरी छ, राजनीतिक अस्थिरता विकासको मुख्य बाधक हो ।
राष्ट्रलाई उन्नति तर्फ लैजान सकारात्मक सोचको आवश्यक्ता पर्दछ । पुराना मुल्य र मान्यतालाई सुधार गर्दै नयाँ श्रृजनात्मक कार्य गर्न जरुरी छ । देश बिकाशको लागि त सच्चा मन चाहिन्छ अनि मात्र हामीले हाम्रो देशको मुहार फेर्न सक्छौँ ।