खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा पन्जाबको दोस्रो जित

एजेन्सी । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए ।

गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए ।

देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए । क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे । पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २र२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १र१ विकेट लिए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।