विचार/ब्लग

कोरोना महामारी, चाडबाड र निम्न आय भएका नेपाली

दिपीका खड्का/नेपालको राजधानी काठमाडौँमा पर्दछ । काठमाडौँ देशको राजधनी भएका कारण यहाँ धेरै मानिसहरु बसोबास गर्दछन् । सेवा र सुबिधा प्राप्त गर्नको लागिको पनि मानिसहरु गाउँबाट सहर पुरानो परम्परा यथावत छ । दुर्गम क्षेत्र अथवा शिक्षा, स्वास्थ्य, रोजगारको पहुँच नपुगेको क्षेत्रका मानिसहरु काठमाडौँमा बसोबास गर्न थालेका छन् । अन्य नेपालको स्थानको तुलनामा यहाँ ठुला ठुला बिश्व बिद्यालय, अस्पताल, रोजगारहरुको प्रशस्त मात्रामा सुबिधा रहेको छ। तर यहाँ सबै काम पैसा भए मात्र बन्छ । ठुला ठुला धनाढ्य मानिसहरुले साना बर्गका मानिसहरुलाई काम लगाउने र कम पैसा दिने हेप्ने जस्ता अमानविय ब्यबाहार गर्दछन् । धनी झन् धनी हुन्छन् भने झन् गरिब हुँदै जान्छन् । यसैले गर्दा पैसा भए मात्र यहाँ टिक्न सक्दछन् ।
चीनको वुहान सहरबाट फैलिएको माहामारी रोगको रुपमा देखिएको कोरोना भाईरस संक्रमणका कारण यतिबेला बिश्वनै आक्रान्त बनेको छ । सिंगो देश लकडाउन हुँदा मुलुकमा निकै ठुलो आर्थिक संकट आउछ । मुलुकमा लामो लकडाउन गरिँदा धेरैको रोजगारी गुम्ने, व्यापार व्यवसाय धरापमा पर्ने, दैनिक ज्याला मजदुरी गर्नेहरु भोकै मर्नुपर्ने अवस्था श्रृजना हुने देखिन्छ । नेपाललाई मात्र होईन सिङ्गो विश्व नै माहामारीको अवस्थामा रहेको छ । नेपालमा कोरोना भाईरसका कारण काठमाडौँ लगायत अन्य जिल्ला तथा स्थानीय तहमा पनि लकडाउन भयो । लकडाउनको कारण धेरै बालबालिकाको शिक्षामा समेत ठेस पुर्याएको छ । लकडाउन भएका कारण मजदुर, ज्याला गरेर खाने मानिसहरुको काम बन्द भयो उनीहरुलाई खाना बस्नको लागिको धौ(धौ भएको छ । एकातिर रोगको डर र अर्को तिर भोकको चिन्ता भएको छ । काम मजदुर गरेर खान्छु भनेर अन्यत्र जिल्लाबाट आएका मानिसहरुलाई खान बस्नको लागि गाह्रो भएको छ । काठमाडौँ जिल्लामा स्थायी बासिन्दा भन्दा बढी बाहिर बाट आएका शिक्षा, स्वास्थ्य, रोजगारको पहुचँको लागी अन्यत्र जिल्ला आएका बासिन्दाहरु धेरै छन् । यस्तो लकडाउनको समयमा उनीलाई पनि गाह्रो परेको छ । कोठाको भाडा, पानी, बत्ती, तरकारी, खाना लगायत बिभिन्न चिजको पैसा तिर्नु पर्दछ । त्यसै माथी महँगी रहेको छ । यस कारण यस्तो लकडाउनको समयमा मध्यम बर्गका मानिसहरुलाई काठमाडौँमा जिवनयापानको लागि गाह्रो भई रहेको छ । कहिले भुकम्प कहिले नाकाबन्दी त कहिले कारोना भाईरस जस्तो माहामारी भोग्नु पर्दछ ।
राम्रो शिक्षा हासिल गरेर राम्रो मान्छे बन्छु भनेर सपना बोकेर सहर पसेका ती ब्यक्तीहरु अहिले के गर्ने के नगर्ने भन्ने सोचमा रहेका छन् । कसरी यो रोग र भोकबाट बच्ने भन्ने दोधारमा परेका छन् । काम गर्नको लागि सरकारले लकडाउन गरेको यस्तो माहामारीको समय छ काम नगरे त कसरी आफ्नो परीवारको पेट कसरी पाल्ने भन्ने चिन्ता रहेको छ । यस्ता लाखौं मानिसहरु यो समस्याको चपोटामा परेका छन् । काडमाडौँमा मात्र समस्या परेको होईन काठमाडौँ लगायत बिभिन्न जिल्ला समस्यामा परेको छ । वर्षायाम सुरु भएसंगै विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कयौं घटनाहरु घट्यो। प्राकृतिक विपत्तीमा धेरैले ज्यान गुमाए भने सयौं घरपरिवार विस्थापित भए ।
अहिले एक्काईसौँ शताब्दीमा मानिसहरु बढी सेवा र सुबिधा खोज्दछन् । त्यसैले मानिसहरु बिदेशिने गर्दछन् । हरेक दिन करिब १५ सय नागरिक बिदेश पलायन हुने गर्दछन् । नेपाल एउटा कृषि प्रधान देश हो, तर कृषि प्रधान देशमा आधुनिक औजारको प्रयोग हुन सकेको छैन । मल, बिउको ब्यबस्था हुन सकेको छैन । कृषि उत्पादनमा कमिहुँदै गएको छ त्यसैले गाँउ सहरिकरण हुँदै गईरहेको छ ।
अहिले सबै क्षेत्र जस्तैः कलकारखाना, अस्पताल, शिक्षा, स्वास्थ्य, रोजगारीहरुको सबै क्षेत्रहरुको विकास भईसकेको छ । त्यसैले गर्दा गाउँ बस्तीका मानिसहरु सहर तिर झरेका छन् । काठमाडौँ उपत्यकामा कलकारखानाकाबाट निस्किएको धुवाँ, सवारी साधनबाट निस्कने धुलो धुवाँले वातावरणलाई प्रदुषित बनाएको छ । जथाभाबी ढलहरु बिस्थापन गर्ने यस्ता कारणले काठमाडौँ जिल्लालाई दुषित बनाएको छ । त्यसकारणले गर्दा मानिसहरु धेरै बिरामी पर्दछन् । फोहोर हरु जथाभावी फाल्ने, रुख बिरुवा फडानी गर्ने गर्नाले वातावरण प्रदुषित हुन्छ । ठुला ठुला सवारी साधनबाट निस्कने आवाज, कलकारखानाबाट निस्केको आवाजले ध्वनी प्रदुषण गर्दछ जसले गर्दा शरिरको श्रवण शक्तिमा हानी पुर्याउदछ । त्यसैले गर्दा काठमाडौँ शिक्षा, स्वास्थ्य, रोजगार लगाएत क्षेत्रमा पहुचँ पुगेको भए पनि यहाँको वातावरणमा प्रदुषण रहेको छ । गाउँ घरको स्वच्छ शान्त वातावरण हुदैँन ।
नेपालको भाषा, भेष, कला र संस्कृति विश्वभर फैलिएको छ । नेपालको इतिहास लामो छ । जसको बयान गर्न सकिदैन । प्राचिन इतिहासलाई हेर्दा धर्म कला संस्कृतिको सुरुवात हाम्रै देश नेपालबाट भएको मान्यता छ रहेको छ । प्राचिन कालका धेरै इतिहासहरु रहेका छन् । आफ्नो धर्म र संस्कृति को प्रचार गर्दै छन् । काठमाडौँ जिल्लामा प्राचिन कालका धेरै सम्पदाहरु रहेका छन् । कतिपय सम्पदाहरु २०७२ साल, बैशाख १२ गते गएको बिनाशकारीे भुकम्पले भत्काई दियो । पशुपति, स्वयम्बु, बसन्तपुर, भक्तपुर नौ तल्ले दरबार, नारायणहिटी दरबार, सिहंदरबार लगायत यस्ता धेरै सम्पदाहरु काठमाडौँमा पर्दछन् । धेरै पर्यटकहरु घुमफिरका लागि यहाँ आउने गर्दछन् । पर्यटन बिकासको लागि नेपाल एकदमै उपयुक्त हुन्छ ।
दुर्गम क्षेत्र जस्तै मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला लगायत यस्ता बिभिन्न दुर्गम क्षेत्रतिर अझै पनि राम्रो शिक्षा स्वास्थ्यको । कोही मानिस गम्भिर बिरामी भयो भने पनि उसलाई उपचारको लागी काठमाडौँ नै लिएर आउनु पर्ने हुन्छ यस्तो गर्दा कतिपय मानिसको आदि बाटोमा नै ज्यान जान्छ र सवारी साधनहरुको पनि सुबिधा हुदैँन त्यसैले शिक्षा, स्वास्थ्य, यातायातहरुको सेवा पुर्यानु पर्दछ । सूदुरमपश्चिम तिर सानै उमेरमा छोरीको बिबाह गरिदिने, महिनावारी हुदाँ छाउँ गोठहरुमा लगेर राखिदिने, कुमारी प्रथा, निर्दोष मानिसलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने जस्ता धेरै अमानविय ब्यबहार गर्ने गर्दछन् । यस्ता हत्या, हिंशा, बलात्कार, र अमानबिय ब्यवहार दिन प्रतिदिन बढिरहेको छ । अहिले त झन् बलत्कारको घटना एकदम बढिरहेको छ । यस्ता ब्यक्तिको लागि त कडा कारबाहीको ब्यबस्था गर्नुपर्दछ । यस्ता ठाउँहरुमा शिक्षाको दिप बालेर मानिसहरुको त्यस्ता ब्यक्तीको बिचार धारणाहरुलाई परिबर्तन गर्नुपर्दछ । जनचेतना मुलक सन्देशहरु फैलाउने गर्नुपर्दछ । नयाँ संसारको निर्माण गर्नको लागि पुरानो सोचलाई बदल्नु पर्दछ । गुणस्तरिय शिक्षा दिएर अब आउदो पिढीँहरुले उज्जल समाजका निर्माण गर्न सक्दछन् । अनि मात्र देशको बिकास गर्न सकिन्छ ।
अहिलेको मुल समस्या भनेको लकडाउनमा कसरी जिविकोपार्जन गर्ने भन्ने हो । कतिपय मानिसहरु लकडाउनको कारण गाउँमा फर्किएका छन् ।
गाउँमा रहेका मानिसहरु त बाझो रहेको खेत खनेर उत्पादन गरेर जिबनयापन गरीरहेका छन् तर काठमाडौँमा रहेका मध्गम वर्गका मानिसहरुलाई कसरी छाक टार्ने भन्ने समस्या रहेको छ । लकडाउनका कारण भएको काम पनि रोकीएको छ । विभिन्न मुलुकका बैज्ञानिकहरु कोरोना भाईरस बिरुद्धको औषधि बनाउनका लागि दिनरात खटेपनि आजसम्म सफलता मिल्न सकेको छैन । जसले गर्दा यो महामारीबाट बिश्वले छुटकारा पाउन मुस्किल परिरहेको छ ।
दिनप्रति दिन मानिसहरु कोरोना भाईरसका कारण सङ्क्रमित भएका छन् भने कतिपय मानिसहरु मृत्युको शिकार हुन पुगेका छन् । अहिले विभिन्न जिल्लाहरुमा संक्रमण बढ्दो रुपमा फैलिँदै गएको छ । नेपालमा मात्र होईन बिश्व नै त्रसित बनेको छ । मुलुकभरी नै कोरोना भाईरसको महामारीका कारण विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायतको क्षेत्रमा नराम्ररी असर पुगेको छ । कोरोना परीक्षणको दायरा बढाउन सरकारले सकेको छैन । त्यसैले दैनिकजसो मृत्यु हुने र संक्रमितको संख्या झनै बढ्दै गएको छ । धेरै मानिसहरुको रोजगार गुमेको छ । मानिसहरुको मनमा एक प्रकारको त्रास उत्पन्न भएको छ । कोरोना महामारीको त्राससंगसगैँ चाडपर्वहरु पनि नजिकिदै छ । कोरोना भाईरस फैलिएको आठ महिना भैसक्दा पनि यसको माहामारी कम हुनुको साटो झन् झन् बढ्दै गएको छ । लकडाउन खुलेपछिको स्थानीय स्तरमा लापरबाहिका कारण संक्रमण झनै फैलँदै गएको छ । कोरोना महामारी, दशैंतिहारजस्ता चाडपर्व र गरिबीका कारण मुलुक यसबेला थप आक्रान्त बनेको छ । काठमाडौंलगायत अनौपचाकि क्षेत्रमा काम गर्ने तथा आर्थिक रुपमा ज्यादै कमजोर मानिसलाई चाडबाड मान्ने ब्यवस्था गर्नु राज्यको दायीत्व हुनुपर्छ ।