विचार/ब्लग

सिन्धुपाल्चोकले देशकै अर्थतन्त्रमा टेवा पुर्याउन सक्छ

दिपीका खड्का। मेरो नाम दिपीका खड्का, म काठमाडौं बस्छु, म काठमाडौँमा बस्दैँ आए पनि मेरो जन्म स्थान सिन्धुपाल्चोक हो । मलाई सिन्धुपाल्चोक जिल्ला एकदमै रमणीय लाग्दछ । सायद आफु जन्मिएर, हुर्केको ठाउँ भएर पनि होला । सिन्धुपाल्चोक जिल्ला एकदम ठुला ठुला पहाड, भञ्ज्याङ्, नदी नाला, झरना ईत्यादि प्राकृतिक सौन्दर्य हरुले सजिएको छ । शान्त एवम् सुन्दर वातावरण रहेको छ । हुन त सबै जनालाई आ(आफ्नो जन्म स्थान प्यारो लाग्छ । त्यसैले मलाई पनि मेरो जन्म स्थान जस्तो भए पनि एकदम मन पर्दछ ।
सिन्धुपाल्चोक जिल्ला बागमति प्रदेशको ३ नं मा पर्दछ । यस जिल्लाको सिमाना उत्तरमा चीनसगँ, पश्चिममा रसुवा र नुवाकोटसगँ, दक्षिणमा काठमाडौँ र काभे्र जिल्लासगँ र पुर्वमा रामेछाप र दोलखासगँ जोडिएको छ । यस जिल्लामा ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । नेपालको कुल क्षेत्रफलको १.७२ प्रतिशत भु(भाग यस जिल्लाले ओगटेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पर्दछ ।

सिन्धुपाल्चोक जिल्ला पर्यटकीय जिल्ला पनि हो । यस क्षेत्रमा पनि आन्तरिक र बाह्य पर्यटकहरु भ्रमणको लागि धेरै आईरहेका हुन्छन् । सबै क्षेत्रको आ(आफ्नै नै मौलिक पहिचान रहेको हुन्छ । सिन्धुपाल्चोक जिल्लाको पनि मौलिक पहिचान रहेको छ । तातोपानी र पाचँपोखरी यस जिल्लाको मुख्य पर्यटकीय स्थल हुन् । यस जिल्लामा बिभिन्न चालचलन, रितीरिवाज, भाषा, कला, सस्कृति, ले भरिपुर्ण रहेका छन् । यस जिल्लामा तातोपानी , पाचँपोखरी , भैरवकुण्ड लगाएत बिभिन्न ठाउँहरु छन् । हेलम्बु बस्ती हेर्नको लागि धेरै पर्यटकहरु यहाँ आउन गर्दछन् । यस क्षेत्रमा ठुला ठुला अक्कड भिर, मौरी भिरहरु छन् त्यस्ता भिरहरु हेर्नका लागी पर्यटकहरु आउने गर्दछन् ।

यस जिल्लामा जुगल हिमाल पर्दछ । सिन्धुपाल्चोक बाट जुगल हिमाल प्रष्ट रुपमा देख्न सकिन्छ । बाह्रबिसे, चौतारा, खाडिचौर लगायत यस जिल्लाको मुख्य बजारहरु हुन् । यस जिल्लामा बिभिन्न जातजाति बसोबास गर्दछन् जस्तै: क्षेत्री, बाहुन, तामाङ, राई, नेवार, लिम्बु, कार्की लगाएत जाति बसोबास गर्छन् । यस जिल्लामा बिभीन्न चाडपर्वहरु दशैँ, तिहार, ल्होसार, तिज लगायत धेरै पर्व मनाउँने मनाउँदछन् ।

यस जिल्लामा खेतियोग्य जमिन कम मात्रामा छ । खेतीयोग्य जमिन कम भएपनि यहाँको मुख्य पेसा खेति, कृषि, पशुपालन हुन भने चीनको सीमाना पर्ने हुनाले अधिकाँस ब्यापार व्यवशायमा पनि संलग्न छन् । यहाँको मानिसहरु बढि बाख्रा पालन, कुखुरा पालन, तरकारी खेतीमा आबद्ध रहेका छन् । सिन्धुपाल्चोक जिल्लामा मुख्य गरि फलफुल खेतीहरुमा केरा, भुईकटहर, अम्बा, कागति, आपँ, मेवा, लिची, भगटे, लगाएत बिभिन्न फलफुल पाईन्छ । यस जिल्लामा पाय्र भिरालो जमिनहरु छन् । यो जिल्लामा ठुला ठुला भिरालो ठाउँहरु छन् ।
यस क्षेत्रको भु–भाग अग्लो र भिरालो भएका कारण बर्षायाममा बाढी पहिरोको जोखिम सबै भन्दा बढी हुन्छ । यहि कारण हरेक बर्षायाममा बाढी पहिरोको कारण धेरै मानिसले ज्यान गुमाउँनु पर्दछ । त्यसैले बासस्थान बनाउदा खेरी त्यहाँको जमिन, माटो हेरेर मात्र बसोबास गर्नु पर्दछ ।

यस जिल्लामा सुनकोशी, भोटेकाशी, ईन्द्रावती लगायत यहाँको मुख्य नदीहरु हुन् । यस क्षेत्रको भु–भाग अग्लो र भिरालो भएका कारण बर्षायाममा बाढी पहिरोको जोखिम सबै भन्दा बढी हुन्छ । त्यसैले भिरालो जमिनमा बासस्थानको लागि जोखिमपुर्ण हुन्छ । यस जिल्ला भिरालो जमिन बढि भएकोले खेती योग्य जमिन कम मात्रमा छ । त्यसैले यस क्षेत्रको मानिसहरु कृषिमा भन्दा पनि पशुपालन व्यबसायमा आबद्ध छन् । गाई, भैँसि, बाख्रा, कुखुरा आदि पालेर त्यसबाट आउँने दुध, घिउ, अण्डा लगायत बस्तु बेचेर राम्रो आम्दानी पाउँदछन् । सिन्धुपाल्चोक जिल्ला दुर्गम जिल्ला पनि होईन जहाँ अस्पतालहरुको सुबिधा, सवारी साधन लगायतको पहुँच नपुगेको ठाउँ होईन । यहाँ अरनिको राजमार्ग अन्र्तगतको रोड यस जिल्लामा पनि पर्दछ । सिन्धुपाल्चोक जिल्लालाई तिन वटा जिल्लाले छोएको छ जसमा काभ्रे, रामेछाप र दोलखाले छोएको छ । सिन्धुपाल्चोक जिल्ला अहिले बिकसोन्मुख रुपमा छ । बिकासको बाटोको लम्किरहेको छ । पर्यटन क्षेत्रको लागि यो जिल्ला एकदम उपयुक्त हुन्छ ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको देश हो । यहाँ सबै ठाउँहरुको आ(आफ्नो बिशेषता रहेको छ । जस्तै हिमालमा एकदम चिसो हुन्छ, तराईमा गर्मी हुन्छ र पहाडमा न जाडो न गर्मी अनुकुल मौसम रहेको छ । त्यसै गरि सिन्धुपाल्चोक जिल्लाको पनि आफ्नै बिशेषता रहेको छ । यहाँको पनि आफ्नै भाषा, आफ्नै सस्कृति, आफ्नै मौलिकता रहेको छ । अरनिको राजमार्ग पनि यसै जिल्ला सिन्धुपाल्चोक हुदैँ गएको छ । पाँच पोखरी यस जिल्लाको प्रख्यात भ्रमण स्थल हो । सिन्धुपाल्चोक को तातोपानी पनि प्रमुख पर्यटकीय स्थलको रुपमा लिईन्छ । यस्ता धेरै ठाउँहरु छन् यस क्षेत्रमा जसको लागि मानिसहरु पर्यटकहरु घुमफिरका लागि आउने गर्दछन् । यस जिल्लामा तातोपानी नाका, चिन र नेपाल जोड्ने मितेरी पुल यसै सिन्धुपाल्चोक जिल्ला अन्र्तगत नै पर्दछ । सिन्धुपाल्चोक जिल्लामा सुनकोशी नदि, भोटे कोशी नदी, ईन्द्रावती नदी जस्ता नदिहरु पर्दछन् । सिन्धुपाल्चोक जिल्ला एकदमै रमणीय वातावरण रहेको । चारैतिर डाडाँ, हिमालको प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको छ ।
सिन्धुपाल्चोक जिल्ला रमणीय भएपनि ०७२ सालको भूकम्पले धेरै नै क्षत्री गर्यो त्यसपछि र अघि उक्त जिल्लामा पहिराचेका कारण अन्यन्त जोखिम देखिन्छ । सिन्धुपाल्चौकमा देशले चिनेर लगानी गरे पर्यटकीय सम्भावना अत्याधीक छ तर व्यवशायीक हिसावले पनि संसारकै दोस्रो शक्तीसालीचीनको सीमाना पर्ने हुनाले उक्त जिल्लाका कारण सिँगो नेपाललेनै धेरै फाईदालिन नसक्ने निश्चित छ । (लेखक खड्का प्रशिक्षार्थी हुन् ।)