शिक्षा

सरकारले दियो सबै तहका परिक्षा लिनका लागि अनुमतिः अब परिक्षा होला त ?

२१ असोज, काठमाडौं । सरकाले सबै तहका परिक्षा लिनका लागि सम्बन्धीत निकायलाई सैद्धान्तिक अनुमति प्रदान गरेको छ ।

आईतबार बसेको मन्त्रीपरिषद बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएको सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर परिक्षा गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएको छन् ।

बुधबार मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री प्रदीप ज्ञवालीले सवै तहका परीक्षा संचालका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन् । यसरी परीक्षा संचालन गर्दा सरकारले तोकेको सबै स्वास्थय सुरक्षाका मापदण्ड भने पालना गर्नु पर्ने पनि उनले जानकारी दिएका छन् ।

परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाईका साथ पालना गर्नु पर्ने उनले बताएका छन् । उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने र्णय गरेको छ।

यस्तै सकारले सबै तहको परिक्षा लिन अनुमति दिएपनि मुलुकमा दिन–प्रतिदिन बढ्दो कोरोना संक्रमणका कारण परिक्षा संञ्चालन होला त भन्नेमा संका भने कायमै छ ।