राजनीति

भट्टराई आक्रोशितः अमेरिका/भारतमा जातीय राज्य राख्दा केही नहुने, नेपालमा देश टुक्रिने ?

२१ असोज, काठमाडौं । जनता समाजबादी पार्टीका नेता डा बाबुराम भट्टराईले अमेरिकार र भारतमा जातीय आधारमा राजयका नाम राख्दा देश नटुक्रिने तर नेपालमा जातीय आधारमा नाम राख्दा टुक्रिने भन्ने हुनै नसक्ने नर्क गरेका छन् । उनले हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? भन्ने प्रश्न गर्दै आक्रोस पोखेका छन् । उनले अमेरिकामा Alaska, Arizona, Utahआदि, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य भएको उदाहरण दिँदै यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ? भन्ने अर्को प्रश्न ट्वीटमार्फत तेस्र्याएका छन् । डा भट्टराईले मंगलबार बुटबलबाट दागं सारेको र लुम्बिनी प्रदेश नामांकरण गरेकोतर्फ संकेत गर्दै उक्त आक्रोश पोखेका हुन् ।
डा भट्टराईले अर्कोतर्फबाट भनेका छन्, ‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री७खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोः”मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!”सरी लली रोका, सुरेश वाग्ले..!’
हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ? अमेरिकामा Alaska, Arizona, Utah भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?