राजनीति

नेकपा वरिष्ठ नेता नेपाल उभिए अनसनरत डा.केसिको पक्षमा

२० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अनसनरत डा गोबिन्द केसिको पक्षमा उभिएका छन् ।

विगत २३ दिनदेखी अनसनरत डा केसिको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रति दुःख व्यक्त गर्दै तत्काल वार्ता माफर्त समस्याको सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् ।

नेता नेपाललले अनसनरत डा केसिको जिवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै तत्काल अनसन अन्तय गर्ने बतावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।

ओली सरकारकरले अनसनरत डा केसिसंग वार्तागर्न कुनै चासो नदिएका बेलामा सतारुढ नेकपाकै वरिष्ठ नेता नेपाल भने केसिको पक्षमा उभिएका छन् ।

केसिको जिवन रक्षाका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले सरकारले विगतमा डा केसिसंग गरेका सम्झौता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।