राजनीति

अमेरिकाद्वारा कम्युनिष्टलाई भिजा दिन बन्द गर्नु गलत भएको भन्दै नेकपाको कडा बिरोध

२० असोज, काठमाडौं । नेकपाका प्रवक्ता तथा सबिवालय सदस्य नारायणकाजी श्रेष्ठले अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई भिजा नदिने गरी बनाएको नयाँ नियमको बिरोध गरेका छन् । उनले ट्वीट गर्दै अमेरिकाको उक्त निर्णयले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको टिप्पणी गरेका छन् ।
पुर्व गृहमन्त्रीसमेत रहेका उनले अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको बताउँदै उक्त बिरोध गरेका छन् । नेता श्रेष्ठले यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र!’केहीदिन अगाडीमात्र कम्युनिष्टलाई भिजा नदिने गरेको अमेरिकी निर्णयको नेकपाका प्रवक्ताका तर्फबाट खुलेआम बिरोध भएको हो ।
नेता श्रेष्ठको ट्वीटः अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ। यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !