पु.समाचार

२१ वर्षे महिलालाई बलात्कार गर्ने अपराधिलाई तत्काल कारबाहि गर्न डा.संग्रौलाको माग

२० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथ सांसद डा.डिला संग्रौलाले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधिलाई तत्काल कानुनी कारबाहि गर्नुपर्नेमा जोड दिएकी छिन् ।

आज एक विज्ञप्ति जारी गर्दै नेतृ डा. संग्रौलाले आफ्ना ससुरा, काका ससुरा लगायतका आफन्तहरु बाटै निरन्तर बलात्कार र चरम यातनाको सिकार भएकी बझाङ सुनकुडाकी २१ बर्से युवती माथि भएको निर्मम र पाशविक घटनाको कडा शब्दमा निन्दा गर्दै यस्तो माग गरेकी हुन् ।

चरम शोषण गरि आफ्नै बुहारी को अस्मिता लुटने दोषीलाई छिटो भन्दा छिटो अनुशन्धान गरि कानुनको दायरामा ल्याइ कारवाहि गर्न सम्बन्धि निकायको ध्यानाकर्षण समेत गराएकी छिन् ।

बलात्कार तथा यातना जस्ता घटना दोहोरिन नदिन सम्लग्नलाइ शिर्घ कानुनी दायरामा लाई पिडितलाइ स्वास्थ उपचार र क्षतिपूर्तिको माग समेत गरेकी छिन् ।