राजनीति

बुटबल प्रदेश बैठकमा कुर्शी भाँच्ने काँग्रेस साँसदलाई काँग्रेसले कारबाही गर्नुपर्छ: गगन थापा

२० असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् साँसद गगथन कुमार थापाले बुटबलमा काँग्रेसका प्रदेश साँसदहरुले प्रादेशीक राजधानी सार्ने बिरोधमा कुर्शी फुटाएको राजनीतिक घटनाको बिरोध गरेका छन् । पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका युवा नेता थापाले प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको भन्दै संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका हुने दाबी गरेका छन् । उनले बुटबलमा उक्त घटना घटाउने काँग्रेसका प्रदेश साँसदहरुलाई काँग्रेसले कारबाही गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
नेता थापाले आत्माआलोचना गर्दै भनेका छन्, ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।’
नेता थापाले स्पष्ट गर्ने प्रयास गर्दै सार्बजनिक रुपमा फेसबुकमा लेख्दै भनेका छन्, ‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।’

गगनको स्टाटस्ः प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।
प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।