आर्थिक

मट्टीतेल र डिजेलमा आयल निगमले लिटरमा घटायो एक रुपैयाँ(विज्ञप्तीसहित)

१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलमा एक एक रुपैयाँ घटाएको छ । आज राती १२ बजेदेखी लागू हु्नेगरी नयाँ मूल्य ८९ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । निगमले पेट्रोल र ज्ञासको मूल्यमा भने कुनै हेरफेर नगरेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् ।