आर्थिक

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिनरु १० हजार हातमा”

१६ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६०दिन सम्मचल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन  १० हजार हातमा”उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदानगरिने छ ।
कम्पनीकाअनुसार यस“जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”अफर असोज १५गते देखि मंसिर १५गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।