आर्थिक

एनसी एचएलबाट सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै

१५ असोज, काठमाडौं । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्पmत एनसी एचएलको नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मागर्ने प्रकृयाको थालनी गरेको छ । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायतका आफ्ना भुक्तानीहरु NPI माजोडिएका connectIPS e-Payment प्रणाली मार्फत्रियल टाइम र NCHL-IPS मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।

कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेकमार्पmत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अन्लाईनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अन्लाईन SOSYS प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमागर्ने योगदानमा आधारित रकमको संकलन गत वर्ष देखि नै connectIPS e-Payment तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबार मार्फत ने.रु. १।७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथगर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाईनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मागर्ने प्रकृयाको थालनीले कोषको डिजिटलाईजेसन प्रकृयालाई थप टेवा पु¥याएको छ ।