आर्थिक

बागलुगंको बाढी पहिरोग्रस्त स्थानमा प्रभु बैंकको पाँच लाख सहयोग

१५ असोज, काठमाडौं । बागलुगं जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरु¨ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट बिशेष निरिक्षण भएको छ ।
उक्त अवसरमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरुसंग उनीहरुले प्रत्यक्ष भेटघाट गरेका थिए । स्थानियहरुको समस्याबुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापनागर्ने जानकारी पनि दिएका थिए । करिब ३७जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
बुर्तिबा¨ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजना मन्त्रीले विशेष मन्तब्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि पाँच लाख सहयोग प्रदान गरेका छन् ।