राजनीति

राजदूत नियुक्त सिफारिस नसच्याए दुर्घटना हुनसक्ने नेता रावलको प्रधानमन्त्रीलाई चेतावनी

१४ असोज, काठमाडौं । नेकपा स्थायी समिति सदस्य भीम रावलले भदौ २६ गते नेकपाका दुई अध्यक्षले सहमतीम गरेको हस्ताक्षरभन्दा बाहिर कुनैपनि कार्य भएमा नेकपामा राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । नेता रावलले ट्वीट गर्दै आज नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पाटी निर्णय बेगर नै अमेरिकाको राजदूतमा डा युवराज खतिवडा र बेलायतको राजदुतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको घटनालाई संकेत गर्दै उक्र कुरा बताएका हुन् ।
नेता रावलले आक्रोशित हुँदै जिम्मेवार नेतृत्वले पार्टी बचाउन ध्यान दिउन भन्दै निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्ने कडा चेतावनी दिएका छन् । नेता रावलको प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उक्त चेतावनी आएको देखिन्छ । आज सरकारले मुख्य सचिव, अमेरिका र वेलायतका राजदरुत नियुक्तीको काम सम्पन्न गरेपछि नेकपा नेताहरुले सचिवालय बैठक बोलाएका छन् भने आन्तरिक बिबाद बढेको छ ।
नेता रावलले ट्वीटमा भनेका छन्, ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि–निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ। देश, जनता र पार्टीहितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस्।’