बाग्मती

उपत्यकामा ९४३सहित १९ सय ११ जना थपिए कोरोना संक्रमित

१५ असोज, काठमाडौं । आज ९६१ जना २४ घण्टामा डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्ने ५७ हजार कटेका छन् । ७१.९ प्रतिशत निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २२० जना आईसोलेशनमा र भेन्टिलेटरमा २५ जना रहेका छन् । २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । १९ सय ११ जना संक्रमित थपिएका छन् भने उपत्यकामामात्र ९४३ जना संक्रमित थपिएका छन् ।