प्रदेश 2

ईन्स्पेक्टर हुँ भनी बर्दीमै ठगी गर्ने नक्कली ईन्स्पेक्टर सहित झण्डै दर्जन पक्राउ

१५ असाेज, बीरगंज । असोज १४ गते जिल्ला पर्सा बीरगंजको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा पक्राउ गरेको छ । मातहतबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटि गई सोधपुछ गर्दा उक्त स्थानमा बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको र सो परीक्षा संचालनमा सहयोग गर्ने प्रयोजनको लागि बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि परवानीपुर, प्रहरी पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचय समेत दिदै हिडेको रेकर्ड भएको प्रहरीले जनाएको छ ।
बारा प्रहरीबाट मिति २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ चौधरी टोल बस्ने राश विहारी राय यादवको छोरा बर्ष २९ को अजय कुमार रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, प्रश्न पत्र थान–२६ खरिदारको प्रवेश पत्र थान–१ सहित निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरी ल्याएको र उक्त परीक्षा हलबाटै जि।बारा जितपुर सिमरा बस्ने बर्ष ५७ को हिरालाल महतो, ऐ।ऐ।बस्ने बर्ष २८ को बसन्त चौधरी, पर्सा बीरगञ्ज वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, काहामैनपुर सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले निजहरुको के–कुन भुमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।