बाग्मती

एक करोड ६५ लाख बैकिङ कसुर मुद्धामा फरार महर्जन ललितपुर प्रहरीद्वारा पक्राउ

१५ असाेज, ललितपुर । ०७१ मंशिर २१ गते बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र एक करोड ६५ लाख जरिवाना ठहर भई फरार रहेका ललितपुर गोदावरी १२ ठेचो बस्ने वर्ष ६० को हेमकाजी महर्जन डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज गोदावरी १२ ठेचोबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको जानकारी गराएको छ । उक्र कुरा महानगरीय प्रहरी परिसर का प्रवक्ता डिएसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।