सुदूरपश्चिम

अखिल (क्रान्तिकारी)कैलालीद्वारा स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न

१५ असोज, काठमाडौं । कोभिड १९ को कहर संगै बिगत लामो समय देखी बन्द रहेका शैक्षिक संस्थाहरु छितपिट संचालनमा आय संगै सिफ्टवाइज पढाइ भैरहेका बेला अखिल (क्रान्तिकारी) ले कैलालीमा सन्चालित बिभिन्न बिद्यालयमा अन्तरक्रिया संगै बिद्यार्थी शिक्षक र कर्मचारिहरुलाई निशुल्क माक्स र सेनिटाइजर बितरण गरेको अखिल (क्रान्तिकारी) जिल्ला समिती कैलालीका जिल्ला अध्यक्ष सुबास किरण जोशी ले जानकारी गरेका छन ।

राज्यले कर संकलन गर्ने केन्द्रहरु भन्सार,मालपोत,नापी,राजस्व तथा स्थानीय निकायमा स्वास्थ्यको ख्याल नगरी बाक्लो भिड्भाड गरेर पनि कर असुली गर्ने तर शैक्षिक संघ संस्थाहरु,उद्योग ब्यवसायी,यातायात ब्यवसायी धारासायी हुदा र भविस्यका कर्णधार बिद्यार्थीहरुको शैक्षिक बर्ष खेर जानै लाग्दा समेत राज्यले कुनै विकल्प खोज्न नसक्नु निकै लज्जास्पद भएको कुरा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बबरजङ्ग सिह ले बताय शैक्षिक सरोकारका बिसयमा प्र.अ.र शिक्षक कर्मचारी संग संगठनले अन्तरक्रिया गरेको थियो।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी करण रहेका थिए प्रमुख अतिथि तथा कैलाली जिल्ला पार्टी सचीव करन ले यस्तो संकट को बेला पनि सरकार शैक्षिकक्षेत्र प्रति गैरजिम्मेवार बनेको , भ्रष्टाचारिलाई कार्वाही गर्नुको साटो सरकार आफै भ्रष्टाचारमा संलग्न रहेको , मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC ) जस्ता रास्ट्रघाती समझौता गर्न तम्सियको , राज्यलाई अर्बौं कर छली गर्ने एनसियल जस्ता संचार सेवा प्रदायक संस्था लाई कार्वाही नगरेको , स्वास्थ्य सामाग्री खरिदमा समेत करोडौं भ्रस्टाचार गरेको , भन्दै संघर्षमा हुमिन युवा विद्यार्थी लाई अपिल गर्नु भएको छ साथै महामारी को बेला पनि आफ्नो कार्यक्षेत्रमा खटिरहनु भएका रास्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी , स्वास्थकर्मी , पत्रकार , किसान ,मजदुरको , विद्यार्थी लगायत सबैजनसमुदाय को स्वास्थ्य परिक्षण नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिनु भएको छ । कार्यक्रम को संचालन संगठनको सचीव क।महेश पातलिले गरेका थिए ।

विद्यार्थीहरुले स्थानीय सरकार लगायत तिन वटै सरकार विद्यार्थीको बारेमा कुनै चासो चिन्ता नदिएर निरह रहेको र यहाँहरुले आफ्नो भबिस्यका बारेमा चिन्ता अनि चासो राखेको भन्दै शिक्षक तथा अतिथिहरुलाइ माला लगाएर स्वागत गरेका थिए अन्तरक्रिया तथा स्वास्थ्य सामग्री बितरण कार्यक्रममा अभिभावकको समेत उल्लेखनीय सहभागीता रहेको थियो