राजनीति

पौडेलको चेतावनीः भागबण्डाका लागि मन्त्रालय फुटाए ठिक हुन्न

१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भागबण्डाका लागि सरकारले फेरी मन्त्रालय बढाउने काम गरे ठिक नहुने चेतावनी दिएका छन् ।

नेकपा भित्र विभिन्न मन्त्रालयलाई फुटाएर फेरी थप्ने र बन्त्री पद बाँड्ने तयारी गरिरहेकाबेला नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा उत्रने चेतावनी दिएका हुन् ।

उनले देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको बताएका छन् । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएको टिप्पणी गरेका छन् ।

कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था आएको उनको भनाई छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा उत्रन बाध्य हुने उनको चेतावनी छ ।

उनको स्टाटसः देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं ।