प्रदेश 1

धरानमा एक ५६ वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

१५ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण धरानमा एक पुरुषको मृत्यु भएको छ । सुनसरीको ईटहरी ६ का पुरुषको गएराति पौने १० बजे बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

असोज १४ गते कोरोना संक्रमण बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएका उनमा ज्वरो, खोकी, स्वास-प्रस्वासमा समस्या जस्ता लक्षण रहेको थियो ।

साथै अस्पतालले बिरामीमा पहिलेदेखी नै अन्य दिर्घ रोग नभएको पाईएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि बिराटनगराट रिफर भएर प्रतिष्ठानमा आएका उनको प्रतिष्ठान ल्याउँदा अवस्था अत्यन्तै गम्भीर रहेका उनको राति ९ः३० मा भर्ना गरेको र ९ः४५ मा मृत्यु भएको बताईएको छ ।