पु.समाचार

प्रधानसेनापति थापा कोरोना नभएको पुष्टी, देखियो पिसिआर परीक्षणको नेगेटिभ

१४ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उहाँ सेल्फ क्वारेन्टाइनमा बसेका थिए।
स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बस्नुभएका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।