सामाजिक सञ्जाल

डा केसीको जोखिमउन्मुख स्वास्थ्यवारे ओलीले कुनै चासो नराख्नु अमानवीय: डा भट्टराई

१४ असोज, काठमाडौं । समाजबादी जनता दलका नेता डा बाबुराम भट्टराईले अरूको स्वास्थ्यकालागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोेविन्द के सी को स्वास्थ्य गम्भीर बन्दै गएको बताए ।

उनले आज अनशन बसिरहेका डा भट्टराईले १९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले वहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिवारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र गोविन्द केसी बचाउ अभियानलाई ध्यानाकर्षण गर्दै उक्त कुरा बताएका छन् ।  डा भट्टराई पत्नि हिशिला यमीकासाथमा आज १९ औं पटक अनशन बसिरहेका प्रा.डा गोबिन्द केसीको मागमा ऐक्यबद्धता जनाउन शिक्षण अस्पताल गएका थिए । डा भट्टराईले भनेका छन्, ‘@kpsharmaoli सरकार आँखा खोल! @SaveDrKC’