आर्थिक

मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने

१४ असोज, काठममाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाबीच टिकट खरीदबिक्री सम्झौता भएको छ ।
सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ। भक्तजनको स्वास्थ्य सुरक्षा ध्यानदिदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहनगर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्थाथप गरेको हो ।
यस सेवा भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई-टिकट प्राप्त हुन्छ सोही ई-टिकट देखाई यात्रागर्न सकिनेछ ।
मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठ मन्दिर खुल्लागर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।