समाचार

आजपनि ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

१४ असोज, काठमाडौं । आज बुधबार पनि सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइराखेको छ । मंगलबार सुन तोलामा ९ सय रुपैयाँ बढेको थियो । सोमबार स्थिर रहेको सुन आइतबार ६ सय रुपौयाँ घटेको थियो ।

अघिल्लो साता सुनको मूल्य तोलामा ३१ सय रुपैयाँ घटेको थियो । महासंघका अनुसार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइराखेको छ ।