विचार/ब्लग

बालिका बलात्कार र हत्यागर्ने अपराधिलाई मृत्युदण्ड दिनैपर्छ

शोभा रावत/मुलुकमा दिन–प्रतिदिन बलात्कारका बिभिन्न घटनाहरु सुन्नमा आईरहेका छन् । हरेक सञ्चारमाध्यम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युुटुयुव, टिकटकलगायतमा दिन–दिनै बालिकाहरु बलात्कारमा परेका समाचारहरु आईरहेका छन् ।
बालिका बलात्कार र हत्याको एउटा घटना सेलाउन नपाउँदै फेरी अर्काे घटना घटेको–घट्यै छ । एकातिर कोरोना माहामारीले सिंगो विश्वलाई आक्रान्त बनाईरहेको छ भने अर्काे तिर यस्ता खालका घटनाले सबैलाई दुःखी बनाएको छ । आज कुनैपनि छोरीमान्छे ढुक्क भएर घर बाहिर निस्कन सक्ने अवस्था नै छैन । ६ वर्ष ७ का बालिकादेखी किशोरीहरु दैनिकजसो बलात्कारको सिकार भएका मात्रै छैनन् विभत्स मृत्युवरण समेत गरिरहेका छन् ।
पछिल्लो समय किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि बलात्कार घटनामा तीव्रता आएको छ । यस्तै भर्खरै बझाङमा एक १२ वर्षकी बालिका सम्झना विकको बलात्कार पछि विभत्स हत्या भएको छ । बलात्कारको आरोपमा एक किसोर पक्राउ परेका छन् । उक्त किसोर पक्राउ परेपछि अर्काे घटना संगै जोडिएर आएको छ कि उक्त युवकले पहिले पनि अर्की बालिकालाई बलात्कार गरेको र केही सर्तमा उसलाई छाडीएको रहेछ ।
यस्तोमा अपराधिलाई जन्मदिनेमा केहि हात हामीजस्ता सर्वसाधारणको पनि हुन्छ, बलात्कारी जस्तो अपराधिलाई छुट दिनु । मान्छेमा यस्तो मानवता हराउँदै गयोभने भोली यस्तो दिन नआउला भन्न सकिँदैन कि कसैले आफु बाहेक कसैलाई बिश्वास गर्ने छैन ।
सायद उक्त अपराधिलाई पहिले नै कानुनको जिम्मा लगाएको भए आज सम्झना बलात्कृत हुँदैन थिईन होला । नमितादेखी सम्झना, निर्मला त एउटा उदाहरणीय पात्र जस्तै हुन् । आज पनि कयौं छोरी चेली बलात्कार गर्ने अपराधिहरु छाति खोलेर हाम्रै गाउँसमाजमा हिँडिरहेका छन् । निर्मला बलात्कार हत्याकाण्ड भएको १ वर्ष नाघिसक्यो तर पनि बलात्कारमा संगल्न ब्यक्ति खुल्ला रुपमा हिँडिरहेका छन् । कतिपय बलात्कारका घटनामा प्रहरीले जाहेरी नलिने, घरपरिवार र समाजले मिलाउने, जनप्रतिनिधिले मिलाउने चलनचल्ती बन्दैछ । राजनीतिक दबाबका कारणले मिलापत्र गराउने घटना पनि भएका छन् ।
यस्तै कतिपय स्थानमा बालात्कारका घटनालाई गुपचुुप गर्दा वा बलात्कारीसंग सम्झौता गरेको घटनाहरुपनि सार्वजनिक हुने गरेका छन् जसकाकारण अपराधिलाई अर्काे अपराध गर्नलाई लाईसेन्स मिलेझैं भएको छ, उक्त अपराधिले पछ् िअर्काे बलात्कारको घटना घटाउने गरेको समेत खुलेको छ ।
निर्मला बलात्कार÷ हत्याकाण्डदेखी बझाङकी १२ वर्षिया बालिका सम्झना विक सम्म आईपुग्दा दर्जनौं बालिका बलात्कारको सिकार भईसकेका छन् । फरक यत्ति हो की कोहि बलात्कारका घटना सार्वजनिक हुन्छन् भने कोहि घटना गाँउ, समाज र ईज्जतको डरका कारणले गर्दा लुकाईन्छन् वा लुकाउन बाध्य पारिन्छन् ।
आज हाम्रो समाज कहाँ जाँदैछ भन्ने कुराको हेक्का कसैले लगाउन सकेको छैन । समाजमा बलात्कार र हत्याजस्तो जघन्य अपधार बढेपछि मानवता भन्नेकुरा धेरै मरिसकेको छ । भर्खर फुल्दै गरेको फुललाई पहिला टिपिन्छ र अन्यमा कुल्चिईन्छ । भर्खरै खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेर जो मनमा कति रहर, चाहना सपना लिएर बढ्दै गरेको हुन्छ उस्को जिवननै छिनिन्छ उ बाट । त्यो पनि कसैले कल्पनै नगरेको अवस्थामा । बलात्कार र बलात्कारपछि क्रुर हत्या । कसैको ज्यान लिनलाई कत्तिपनि डराउँदैन अपराधि ।
यस्तै नेपालको फितलो कानुन अनि भएको कानूनको कार्यान्वयन गर्ने ब्यक्ती वा संस्थाको बेवास्ताका कारण पनि यस्ता घटनाहरु घटेको हो । अन्य मुलुकजस्तै नेपालमा पनि बलात्कारीलाई मृत्युदण्डको सजाय हुनेभए केहिहदसम्म यस्ता घटना घटाउने व्यक्ति डराउँथ्यो कि । यस्तै बलात्कारका घटना बढिरहेका बेला बिभिन्न राजनीतिक व्यक्ति, सर्वसाधारण नागरिक, लगायतहरुबाट बलात्कारीलाई मृत्यु दण्ड हुनुपर्ने माग पनि उठ्ने गरेको छ ।
यस्तै कतिपय घटनाहरु यस्ता कि अपत्यारीला पनि छन् । बलात्कारको घटनामा आफ्नै बाबु, दाई, काका, नै रहने गरेका छन् । जस्को शरणमा जाँदा आफुलाई सुरक्षीत महसुश गर्छौं, हामी उ नै हाम्रो अस्तित्वसंग खेल्न कत्तिपनि धक मान्दैन । आफैं बाबु, दाईबाटै बलात्कृत भएपछि कस्को भरोसा गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ । यस्तै आफ्नैबाट बलात्कार भएका धेरै घटना सार्वजनिक हुने गरेपनि अझै केहि घटना समाजको लान्छना र ईज्जतका डरले बाहिर आउन सकेका पनि छैनन् ।
यस्तै पछिल्ला ४ वर्षको तथ्यांकले पनि यौनजन्य अपराधमा चिनेजानकै मानिसको संलग्नता बढी देखाएको छ । अहिले विश्वव्यापी कोरोना महामारीका बेला पनि २०७६ गत चैत देखि २०७७ भदौसम्ममा मात्रै मुलुकभर १ हजार २ सय २१ जनाको बलात्कार भएको रेकर्ड भेटिन्छ जुन दिनमा औसत करिब सात जना हुन्छ ।
चैतमा १ सय ३४, वैशाखमा १ सय ५२, जेठमा १ सय ९६, असारमा २ सय ४०, साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कारको घटना घटेको तथ्यांक छ  । यो अवधिमा विवाहिता महिलादेखि युवती र किशोरी र बालिकासम्मको बलात्कार भएको छ  । २०७५ चैतदेखि २०७६ भदौसम्ममा भने बलात्कारका घटना १ हजार २ सय २४ वटा घटना भएका थिए । धेरैजसो बलात्कारका घटना नातेदारबाटै हुने गरेको देखीएको छ ।
मुलुकमा एकातिर दिन प्रतिदिन यस्ता अपराधिक घटनाहरु घटिरहँदा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भने आन्तरिक किचलो मिलाउन, आन्तरीक भागबण्डा मिलाउन अझ भन्नुपार्दा गत निर्बाचन हारेका बामदेब गौतमलगायतको ब्यवस्थापन गर्न मै व्यस्त देखिएको छ । एकातिर कोरोनाको प्रकोप बढिरहेको छ भने अर्काे तिर दैनिकजसो विभिन्न घटनाहरु घटिरहेका छन् । बलात्कारी जा जघन्य अपधाधिलाई जबसम्म मृत्युदण्ड दिनेजस्तो कडा कारबाही हुँदैन, कठोर कानुन बन्दैन दिन–दिनै बालिकाहरु बलात्कार भईरहन्छन्। तेजाब आक्रमणमा केहि कठोर कानुन बनाए झैं सरकार बालिका बलात्कारीलाई पनि फाँसिको सजाय हुने व्यवस्था गर ।
बलात्कार र हत्या गर्ने अपराधी हो, त्यो संसारमा अपाराधीको लिष्टमा सबैभन्दा ठूलो अपराध गर्ने ब्यक्ती वा समूह हो, त्यसलाई निदे सजाय पनि कठोर नै हुनुपर्छ, त्यसमा राज्यका उपल्लो निकायका ब्यक्तीले बलात्कारमा संलग्न हुने र पहुँचबिहीन र तत्लो तहका नागरिकलाई षढ्यन्त्रपूर्वक फसाईने सम्भावना रहन्छ त्यो भने हुनु हुँदैन, सही बलात्कारी र हत्यारालाई संबिधान संसोधन गर्दै सर्बस्वसहित जन्मकैद होईन, मृत्युदण्ड दिनैपर्छ ।