सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः जनता भोकै तड्पिदा, सत्ताका भतुवा पुँजीवादीहरु आलोपालो खानकै दाउमा

१४ असोज, काठमाडौं । राजनीतिक विश्लेषक तथा बरिष्ठ साहित्यका खगेन्द्र संग्रौलाले सडकमा नागरिक भोडै तड्पिरहँदा सत्ताामा भएकाहरुभने आलोपालो खानकै दाउमा लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले कम्युनिष्टको नामदिँदै समृध्दि, समाजवाद र सुखः को नारा दिने सरकार पुनःपुनः खानु–खिलाउनुको धन्दामा मस्त रहेको बताएका छन् ।

प्रवृत्तिका दृष्टिले खानको काल भन्न मिल्ने नेकपा डबल मन्त्रालय फोरेर खाने पद बढाउनतिर लागेको धारणा संग्रौलाले व्यक्त गरेका छन् ।

उनले तल सडकमा नागरिक भोकै तड्पिरहेको तर माथि सत्तामा भतुवा पुँजीवादीहरूमाझ आलोपालो खानकै दाउ रहेको भन्दै मुख छोपौँ,लाज मानौँ भन्दै कटाक्ष गरेका छन् ।

उनको ट्वीटः नाम कम्निस्टः नारा समृध्दि,समाजवाद र सुखसधन्दा पुनःपुनः खानु–खिलाउनु । प्रवृत्तिका दृष्टिले खानको काल भन्न मिल्ने नेकपा डबल मन्त्रालय फोरेर खाने पद बढाउनतिर लागेछ । तल सडकमा नागरिक भोकै तड्पिरहेका छन्, माथि सत्तामा भतुवा पुँजीवादीहरूमाझ आलोपालो खानकै दाउ छ । मुख छोपौँ,लाज मानौँ !