आर्थिक

अशोक लेलैण्ड र एनएमबि बैंकबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

१३ असोज, काठमाडौं । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट Chief Business Officer, सुदेश उपाध्याय र आईएमईमोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्यव्यक्तितथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानीगर्न साथै ब्याजअनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीयकम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका Dost model का सम्पूर्ण सवारी साधनखरिद गर्नकालागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्धगर्ने सुविधाप्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमईमोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाहगर्ने भएको छ ।
यो सुविधाले आगामीदिनमा ग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधामात्र नभई दुवै कंपनीबिच संयुक्त रुममाद्यचबलम ब्धबचभलभकक का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामापनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
LCV Segment अन्तर्गत Dost model सवारी साधनहरु विभिन्न application जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथामहिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमाआइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।