पु.समाचार

उपत्यकामा ९३४सहित १५ सय १३ जना थपिए कोरोना संक्रमित

१३ असोज, काठमाडौँ । कोरोना संक्रमित आज १५ सय १३ जना थपिएका छन् । आजसम्म २० हजार ३९६ जना सकृय संक्रमितहरु भएका छन् । यसमा काठमाडौं उपत्यकामा मात्र ९३४ जना संक्रमितहरु थपिएका छन् । देशभर १० हजार ८९१ जनामा परीक्षण गर्दा उक्त संक्रमितहरु भेटिएका हुन् । देशभर जम्मा ७६ हजार २५८ जना संक्रमित पुगेका छन् ।