राजनीति

गुरुङको टिप्पणीः सरकार रामदेव/बामदेबको व्यवस्थापनमा, जनाताको जिम्मा पशुपतिलाई !

१३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कोरोनाका कारण मुलुकमा नागरिक दिनप्रतिदन मरिरहँदा पनि सरकाले चासो नदिएको संकेत गरेका छन् ।

सामाजिक सञ्जा ट्वीट माफर्त नेता गुरुङले सरकार जनतालाई यो संकटबाट पार लगाउन भन्दा पनि कहिले रामदेवको मन्दिर निर्माणमा र कहिले बामदेबको ब्यबस्थापनमा ब्यस्त रहेको टिप्पणी गरेका छन् ।

उनले तत्कालीन राजाहरुले पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भने झैं जनताको ब्यबस्थापन त परापुर्ब कालदेखि पशुपतिनाथकै जिम्मामा छँदै छ भन्दै व्यंग्यात्मक कटाक्ष गरेका छन् ।

साथै नेता गुरुङले अहिलेको सरकारलाई गणत्रन्त्रको राजाको संज्ञा दिँदै गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएको बताएका छन् ।

उनको ट्वीटः सरकार कहिले रामदेवको मन्दिर निर्माणमा र कहिले बामदेबूको ब्यबस्थापनमा ब्यस्त छ । जनताको ब्यबस्थापन त परापुर्ब कालदेखि पशुपतिनाथकै जिम्मामा छँदैछ।  तत्कालीन राजाहरुले पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे। गणतन्त्रका राजाहरुले पनि जनताको जिम्मा पशुपतिनाथलाई नै छाडिदिएका छन् ।