समाचार

सुनको भाउ फेरी ९ सयले बढ्योः पुग्यो ९४ हजार २ सय

१३ असोज, काठमाडौं । केहिदिन घट्दै गएको सुनको भाउ फेरी बढेको छ । नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९ सय रुपैयाँले बढेको छ । ९ सयले महंगीएर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ पुगेको छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।

अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१७५ रुपैयाँमा कारोबार भइरहेको छ ।