सामाजिक सञ्जाल

कमल थापाको प्रश्नः परिवर्तनको १४ वर्षपछि पनि युवाहरु विदेशमा रगत/पसिना बगाउन बाध्य किन ?

१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दिन–प्रतिदिन लाखौंको संख्यामा मुलुबाट युवाहरु विदेशिन बाध्य भएको प्रति दुःख व्यक्त गरेका छन्. ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले परिवर्तनको १४ वर्षपछि पनि किन युवाहरु विदेशमा रगत/पसिना बगाउन बाध्य छन् भन्दै प्रश्न गरेका छन् ।

उनले नेपाली जनतालाई सदियौं देखिको दासताबाट मुक्त तुल्याउंछौं, मालिक बनाउछौँ, आमुल परिवर्तन गर्छौँ भनेर हिन्दुराष्ट्र समाप्त पार्ने, राजसंस्था पाखा लगाउने, १७ हजार मार्ने मराउने नेताहरुले अब जवाफ अबभने दिनुपर्ने बताएका छन् ।

यतिबेला विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना र मुलुकमा नजिकिँदै गएको बिभिन्न चाडपर्बको प्रवाह नगरि दैनि हजारौंको संख्यामा युवाहरु भारततिर छिर्न थालेको खबर आईरहेका बेला अध्यक्ष थापाले मुलुक परिवर्तन गर्छाै भनेर क्रान्ति गरेका नेताहरुसंग यस्तो प्रश्न गरेका छन् ।

उनको ट्वीटः नेपाली जनतालाई सदियौं देखिको दासताबाट मुक्त तुल्याउंछौं, मालिक बनाउछौँ, आमुल परिवर्तन गर्छौँ भनेर हिन्दुराष्ट्र समाप्त पार्ने, राजसंस्था पाखा लगाउने, १७ हजार मार्ने मराउने नेताहरुले अब जवाफ दिनुपर्छ । परिवर्तनुको १४ बर्ष पछि पनि किन नेपाली युवाहरु बिदेशमा रगत पसिना बगाउन बाध्य भएका छन् ?