प्रदेश 1

मोरङका कोरोना संक्रमित ६८ वर्षे पुुरुषको बीपी प्रतिष्ठानमा मृत्यु

१३ असोज, काठमाडौं । मोरङका एक कोरोना संक्रमितको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भए पस्चात बीपीमा उपचाररत मोरङ सुनवर्षी ७ का ६८ वर्षे पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि नोबेल मेडिकल कलेजमा विराटनगरबाट भर्ना भएका उनि रिफर भएका थिए । थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनि असोज ७ गते बिहान बीपी प्रतिष्ठानमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था बिग्रंदै एपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज बिहान उनको ज्यान गएको हो ।