पु.समाचार

कोरोना संक्रमणका कारण बाँकेमा थप ४१ र ५३ वर्षे दुई पुरुषको मृत्यु

१३ असोज, बाँके । कोरोना संक्रमण कोभिड-१९ का कारण थप दुई जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको पुष्टि भएके हो ।

सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।

उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।