समाचार

बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

१२ असोज, नेपालगञ्ज । जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ ।

सिकिस्त विरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको ती महिलामा विगत केही दिनदेखि पित्त थैलीको समस्या देखिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा मृतक महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।