गण्डकी प्रदेश

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल काेराेना सङ्क्रमणमुक्त

१२ असोज, गण्डकी । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना सङ्क्रमणमुक्त भएका छन् । गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

रिपोर्ट पोजेजटिभ देखिएसँगै उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेका थिए । अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।