प्रदेश 1

प्रदेश न.१ मा थप ८३ जनामा काेराेना सङ्क्रमित

१२ असोज, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न.१ मा ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ५६ पुरुष छन् ।

थपिएकामा सुनसरीमा ३६, मोरङमा ३० जसमा १६ जना विराटनगरमा, ओखलढुङ्गामा चार, खोटाङ र झापामा दुईदुई, धनकुटा र इलाममा एकएक तथा प्रदेश बाहिर सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमित छ हजार ५१९ मध्ये उपचारपछि दुई हजार ८६८ घर फर्किसकेका छन् । गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ भने आज ९२२ सहित हालसम्म एक लाख २१ हजार ९१२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।