समाचार

‘छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण’ सार्वजनिक

१२ असोज, काठमाडौँ । लेखक तथा पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण’ नामक पुस्तक सार्वजनिक भएको छ । दलित महिला केन्द्र नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले सो पुस्तकको विमोचन गरे । पुस्तकमा गत जेठ १० गते रुकुम पश्चिम, चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे नेपालका पत्रपत्रिका (छापा माध्यमं) ले प्रकाशन गरेका समाचार, सम्पादकीय र लेखलाई तथ्यमा आधारित भएर विश्लेषण गरिएको छ ।

पुस्तकमा समाविष्ट तथ्यअनुसार काठमाडौँबाट प्रकाशित आठ दैनिक पत्रिकाको समाचार हेर्दा ७२.७२ प्रतिशत समाचारले रुकुम घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको औँल्याएका छन् भने ४७.५५ प्रतिशत समाचारले हत्या भनेका छन् ।
सो घटनाका बारेमा ५२.४४ प्रतिशत समाचारले नदीमा ज्यान जोगाउन हाम्फालेको मृत्यु÷घटना भनी उल्लेख गरेको पाइएको छ । घटनास्थल रुकुम पश्चिमबाट सबैभन्दा कम १८ प्रतिशत समाचार प्रकाशन भएका छन् । जाजरकोटबाट ३२ प्रतिशत र बाँकी सबै काठमाडौँबाट लेखिएका समाचार प्रकाशन भएका छन् ।

सोअवसरमा प्रदेश प्रमुख परियारले जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको भूमिकालाई जोडेर लेखिएको पुस्तकले दलित आन्दोलनलाई सहयोग पुग्ने अपेक्षा गरे । सांसद मीन विश्वकर्मा र लक्ष्मी परियारले पछिल्लो समयमा देशँैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गए पनि राज्यले बेवास्ता गरेको गुनासो गरे ।