सामाजिक सञ्जाल

निर्मला पन्तका जस्तै अपराधी उम्कीने डर हुने हुँदा, बलात्कारी/हत्यारालाई मृत्युदण्ड दिनैपर्छः नेता गुरुङ

१२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले बलात्कार जस्तो हपराध गर्ने अपराधिलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल माफर्त निर्मला बालात्कार हत्याकाण्डलाई स्मरण गर्दै नेता गुरुङले निर्मला पन्तका जस्तै अपराधी उम्कीने डर हुनेहुँदा, बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिनैपर्नेमा जोड दिएका छन् ।

बझाङकी बालिका बलात्कारपछि हत्याकाण्डको चौतर्फि बिरोध गर्दै बलात्कारजस्तो अपराधमा संलग्न अपराधीलाई मृत्युदण्डको माग उठिरहेका बेला नेता गुरुङले पनि यस्तो माग गरेका छन् ।

साथै नेता गुरुङले यस्ता काण्डका ठुलाबडा अपराधीलाई अनेक प्रपञ्च रचेर उन्मुक्ति दिने प्रबृत्ति रहेसम्म कानुनको पनि केहि नलाग्ने भन्दै निर्मला काण्डमा दशी प्रमाण किन मेटाइयो ? भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटः निर्मला काण्डको २६ महिना पछि बझाङकी सम्झना उस्तै काण्डको शिकार बनिन् । यस्ता अपराधीलाई कानुन बनाएर मृत्यु दण्ड दिनु पर्छ । तर यस्ता काण्डका ठुलाबडा अपराधीलाई अनेक प्रपञ्च रचेर उन्मुक्ति दिने प्रबृत्ति रहेसम्म कानुनको पनि केहि लाग्दैन । अन्यथा निर्मला काण्डमा दशी प्रमाण किन मेटाइयो ?