अन्तर्राष्ट्रिय

टिकटिकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतले गर्यो खारेज

१२ असोज, काठमाडौं । अमेरिकामा टिकटक एप डाउनलोड गर्न लगाइएको प्रतिबन्ध तत्कालका लागि रोकिएको छ । अमेरिकाको संघीय न्यायाधीशले टिकटक डाउनलोडमा ट्रम्पले लगाएको प्रतिबन्ध रोकेका हुन् ।

टिकटक प्रतिबन्ध गर्ने ट्रम्प प्रशासनको निर्णणविरुद्ध कोलम्बिया जिल्लाको अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि टिकटकमा प्रतिबन्धमा लगाउउन नहुने फैसला गरेका हुन् ।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए । पहिले नै डाउनलोड गरिसकेकाले भने प्रयोग पाइरहेका थिए ।

राष्ट्रको सुरक्षामा जोखिम हुने भन्दै ट्रम्पले टिकटक डाउनलोडमा प्रतिबन्द लगाएका थिए । सरकारी वकिलहरुले टिकटकमा चिनियाँ लगानी भएको र यसको डाटा नियन्त्रण चिनियाँ सरकारको हातमा भएकाले अमेरिकाका लागि खतरा हुने तर्क गरेका थिए ।