पु.समाचार

कांग्रेस सांसद स्नेही सवार स्कुटरलाई माईक्रोबसले दियो ठक्करः नर्भिकमा उपचार हुँदै

१२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दुुर्घटनामा परेका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटिलाई माइक्रोले ठक्कर दिएको हो ।

रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएको जानकारी दिईएको छ । स्कुटीमा सीतापाइलाबाट अनामनगर आउँदै गरेका स्नेहीलाई आज सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिएका छन् ।

स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाईते स्नेहीको खुट्टार र कुममुनि चोट लागेकको बताईएको छ ।