पु.समाचार

फेरीपनि विभिन्न नौ स्यानिटाईजरमा घातक रसायन फेलाः प्रयोग नगर्न आग्रह

१२ असोज, काठमाण्डौ । फेरीपनि विभिन्न थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएको छ । बजारमा प्रयोग हुँदै आएका नौं प्रकारका स्यानिटाईजरमा घातक रसायन फेला परेपछि औषधि विभागले प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

विभागले गोरखापत्रमा सूचना जारी गर्दै बिक्री–वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न आग्रह गरेको हो ।​

विभागले ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका विभिन्न ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

केहि समय पहिले पनि विभिन्न विभिन्न नौ कम्पनीका स्यानिटाईजरमा घातक रसायन भेटिएपटि प्रयोगमा रोक लगाईएको थियो । रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् ।