आर्थिक

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल कोरोना संक्रमित

१२ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

ढकालले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको जानकारी गराएका छन् ।

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।