बाग्मती

३४ वर्षदेखि फरार अपराधी पक्राउ

सिन्धुपाल्चोक, १२ असोज । चौँतीस वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई प्रक्राउ गरेको हो ।

विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो ।

हत्याको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटएिको टोलीले आइतबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।