सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः यो क्रूर सरकारले नागरिकको ज्यान मार्ने भो गाँठ्ठे !

१२ असोज, काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले क्रुर सरकारका कारण कोरोना संक्रमणले नागरिक मर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले कोरोना फैलावट नियन्त्रण गरी नागरिकको ज्यान जोगाउन यो संकटमा दिनको ५० हजार पिसिआर टेस्ट हुनुपर्ने तर रोगी स्वास्थ्य मन्त्रालय आफु टेस्ट घटाउँदै गएको भन्दै आपत्ति जनाएका छन् ।

उनले गम्भीर लक्षण देखिएका बाहेकको टेस्ट गर्ने र गराउनेलाई कडा कार्बाइको ध्वाँस दिँदै हिँडेको बताएका छन् ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण तिब्र गतिमा बढेकोबेला सरकारले पिसिआर टेष्ट घटाएको प्रति संग्रौलाले सरकारको कटाक्ष गरेका छन् ।

उनको ट्वीटः कोरोना फैलावट नियन्त्रण गरी जनका ज्यान जोगाउन यो संकटमा दिनको ५० हजार पिसिआर टेस्ट हुनुपर्ने हो । तर रोगी स्वास्थ्य मन्त्रालय आफु टेस्ट घटाउँदै छ र गम्भीर लक्षण देखिएका बाहेकको टेस्ट गर्ने र गराउनेलाई कडा कार्बाइको ध्वाँस दिँदैछ । यो क्रूर सरकारले ज्यान मार्ने भो गाँठ्ठे !