आर्थिक

नबिल शेयर लेनको शुरुवात

११ असोज, काठमाडौं । नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन सुरु गरेको छ ।
५० लाख वा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध भएको बैंकले जनाएको छ ।
आगामी बडा दशैंको सु-अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्तगर्न सकिने बैंकको दाबी छ ।
देशभरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमान विनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको दाबी गरेको छ । बैंकले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा कामगर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङयुगको शुरुवातगर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदानगर्ने तर्पm केन्द्रित गरेको छ ।