राजनीति

डा भट्टराईको प्रस्तावः बलात्कारी र हत्यारालाई मृत्युदण्डको कानून बनाऔं

११ असोज, काठमाडौं । समाजबादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले बलात्कार र हतया गर्ने अपराधीलाई मृत्युदण्ड दिनु कानूनी ब्यवस्था थर्न प्रस्ताव गरेका छन् । उनले ट्वीट लेख्दै अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही, अदालतमा छुट्टै बेन्चको स्थापना गर्नेसहित उक्त मृत्युदण्डको अर्को मुद्धा पस्ताव गरेका छन् । राजतन्त्र कालका नमितासुनितादेखि गणतन्त्र कालका निर्मला पन्तःसम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसकेको डा भट्टराईले तर्क गरेका छन् । पहिलेका बलात्कार र हत्याका घटनादेखी पछिल्लो समय आईरहेको एक बालीकाको बलात्कार र हत्याकाण्डलाई जोड्दै डा भट्टराईले उक्त आक्रोश पोखेका हुन् ।
डा भट्टराईको ट्वीटः
राजतन्त्र कालका नमितासुनितादेखि गणतन्त्र कालका निर्मला पन्तःसम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो। अब यसो गरौंः १.अपराधी नपक्रनेरमुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाहीः २.अदालतमा छुट्टै बेन्चको स्थापनाः ३.अपराधीलाई मृत्युदण्ड