आर्थिक

बडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

११ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा”नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा तीन हजार बराबरको सामान खरिद गर्दा पाँच सय को निःशुल्क भौचर समेत प्राप्तगर्न सक्नेछन् ।
सानिमा बैँकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको प्रमुख निक्षेप व्यवस्थापन हेम राज संज्यालले जानकारी दिएका छन् ।