पु.समाचार

कमल थापाको अध्यक्षतामा बसेको राप्रपा बैठकले गर्यो तीन महत्वपूर्ण निर्णय

११ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले तीनवटा निर्णयह गरेको छ । उक्त बैठकमा अध्यक्ष द्वय पशुपति शम्शेर ज.ब.रा., डा.प्रकाशचन्द्र लोहनी र बरिष्ठ नेताहरुको उपस्थिति रहेको राप्रपाले बताएको छ । निर्णयहरुः
१. पार्टीको जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ ।
२. पार्टीको “झण्डोत्तोलन तथा च’नाव चिन्ह“ प्रचार अभियान केन्द्रीय स्तर, ७७ जिल्ला, ७५३ स्थानीय तह र वडा स्तरसम्म गर्ने निर्णय गरिएको छ । उक्त अभियानको समयतालिका पछि निर्धारण गरिनेछ ।
३. केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको अर्को बैठक २०७७ साल असोज १५ गते पुनः बस्नेछ ।