स्वास्थ्य

२४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु, १५ सय ७३ जना थपिए संक्रमित

११ असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण १० जनाको निधन भएको छ, यससँगसंगै कोरोनाबाट मृत्यु हुनेको संखया ४७७ जना पुगेको छ । ८८५ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । उपत्यकामा ८०९ जनासहित देशभर १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जम्मा संक्रमितहरु ७३ हजार ३९४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।